काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पती शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको छ ।
शंकास्पद सम्पती र शेयर कारोबारको अनुसन्धानका सिलसिलामा विभागले उनलाई अदालतमा पेश गरेको हो । सरकारी वकिलहरूले अनुसन्धानका लागि समय माग गरिरहँदा पौडेलका कानून व्यवसायीहरूले भने पक्राउ प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै बहस गरिरहेका छन् । विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमवार सुर्खेतबाट नियन्त्रणमा लिएको थियो ।
उनलाई मंगलवार मात्रै काठमाडौं ल्याइपु¥याइएको हो ।

