रास्वपा पहिलो महाधिवेशनः वरिष्ठ नेता पदमा चुनाव नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको वरिष्ठ नेता पदमा चुनाव नहुने भएको छ।

फागुन २१ को चुनावअघि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहलाई पार्टीमा समाहित गर्न उक्त पद सिर्जना गरिएको थियो।

त्यति बेला विधानमा वरिष्ठ नेता पद नभए पनि पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर उक्त पद राखिएको हो। यसलाई महाधिवेशनले पारित गर्न भने बाँकी छ।

वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाहलाई नै निरन्तरता दिने भए पनि यो पदमा चुनाव भने नहुने पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले जानकारी दिए।

उनका अनुसार वरिष्ठ नेता पदकै निर्वाचन नहुने भएपछि उनले केन्द्रीय सदस्यका लागि पनि प्रतिस्पर्धा गर्नुपर्ने छैन।

चितवनको भतरपुरमा आइतबार सुरू हुने पहिलो महाधिवेशनमा अहिलेसम्मको स्थिति हेर्दा वरिष्ठ नेताबाहेक केन्द्रीय समितिका सदस्य र पदाधिकारीहरूका लागि निर्वाचन हुने देखिएको छ।

महाधिवेशनको उद्घाटन सत्र सकिएपछि निर्वाचन कार्यक्रम सुरू हुनेछ। रास्वपाको विधान अनुसार निर्वाचन दुई चरणमा हुनेछ।

सम्बन्धित समाचार

ताजा समाचार