पोखरा महानगरपालिको बजेट ७ अर्ब १५ करोड २५ लाख

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७ अर्ब १५ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रवार बजेट पेश गर्नुभएको हो । कुल बजेटको पुजिगततर्फ ४४.९५ र चालुतर्फ ५५.१५ बजेट विनियोजन गरिएको छ । बजेटको खर्च व्यहोर्ने स्रोत मध्य संघीय सरकार सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख समानिकण अनुदान ४९ करोड ३७ लाख गरी वित्तिय हस्तान्तणको ३ अर्ब १८ करोड ६० रहेको छ ।

गण्डकी प्रदेश कुल ३ अर्ब १८ करोड ६० लाख गरि वित्तिय हस्तान्तणको रहेको छ । गण्डकी प्रदेश सरकारबाट समपुरक अनुदान ६९ लाख, विशेष अनुदान ४० लाख, समानिकरण अनुदान ८ करोड १५ लाख ३६ हजार गरि वित्तीय हस्तान्तरण रकम ९ करोड १५ लाख ३६ हजार रहेको छ । राजश्व बाडफाडबाट १ अर्ब ३१ करोड १४ हजार रहेको गुरुङले जानकारी दिइन् ।

आन्तरिक आयतर्फ २ अर्ब ४८ करोड ७६ लाख ९१ हजार अनसमान गरिएको छ । सडक, भवन र पूर्वाधार तर्फ १ अर्ब ६९ करोड विनियोजन गरिएको छ । पूर्वाधार, शहरी विकास र शहरी उत्थानशिल तथा जीवनयापन सुधार परियोजना अन्तरगत पर्यटन पूर्वाधारका आयोजना समेका लागि २ अर्ब ८९ करोड ५५ लाख बिनियोजन गरिएको छ । स्वास्थ्य शिक्षातर्फ २ अर्ब ९ करोड ९७ लाख विनियोजन गरिएको छ । महानगरपालिकाको प्रशासनिक तथा कार्यक्रम सञ्चालन र सशर्त बजेटसहित १ अर्ब १० करोड ५९ लाख विनियोजन गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार