काठमाडौं । सत्तारुढ रास्वपाले आफ्नो प्रथम महाधिवेशन यही जेठ दोस्रो साता गर्दै छ । चितवनमा यही असार ७ देखि ९ गतेसम्म हुने प्रथम महाधिवेशनका लागि विभिन्न राजनीतिक दलहरुलाई निमन्त्रण पठाएको छ ।
जसअनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति गगनकुमार थापा र प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाइएको छ ।
रास्वपाले पठाएको निमन्त्रणपत्र दुवै नेतासमक्ष पुगिसकेको छ । उनीहरु सहभागी हुने या नहुने कुनै जवाफ भने दिइसकेका छैनन् ।

