फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरबाट विभिन्न मितिमा भएका फैसलाअनुसार कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान मुद्दामा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना तोकिएका बेलौरी नगरपालिका–१ मटैयाका २८ वर्षीय सरोज राना तथा २२ वर्षीय राहुल राना रहेका छन्।

यस्तै, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १ वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका डडेल्धुराको अमरगढी नगरपालिका–८ निवासी ५२ वर्षीय लक्ष्मी दत्त पाण्डे पक्राउ परेका छन्।

विद्युतीय कारोबार मुद्दामा ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका लालझाडी गाउँपालिका–२ कञ्जका २६ वर्षीय नबिन राना पनि पक्राउ परेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार