वीरगन्जका मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेशमान सिंह सहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आरोप अनुसार, सिन्धुपाल्चोककी एक महिलाकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई झुटा कागजात तयार गरी नेपाली नागरिकता दिलाइएको थियो।

मुद्दामा मेयर सिंह र बालिकाकी आमा मुख्य सहयोगी रहेको आरोप लगाइएको छ। साथै, जन्मदर्ता र नागरिकता सिफारिसमा संलग्न तत्कालीन वडा पदाधिकारी, पर्सा प्रशासनका एक अधिकारी तथा गृह मन्त्रालयको छानबिन समितिका दुई सदस्यलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार झुटो जन्मदर्ता प्रमाणपत्रका आधारमा नागरिकता जारी गरिएको र पछि त्यसलाई वैधानिक देखाउन गलत प्रतिवेदनसमेत तयार गरिएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार