काठमाडौं । सरकारले कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रश्तुत गरेको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । बजेटमा नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर बनाउने व्यवस्था पनि गरिएको छ । अर्थमन्त्री वाग्लेले महिला स्वास्थ्य स्वयमसेविकालाई प्रदान गर्दै आएका यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरेको पनि बताएका छन् ।
उनले भने,‘कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सुरु गर्नेछौँ । नर्सिङ कर्मचारीको रात्री डयुटी भत्ता दोब्बर गरेको छु । महिला स्वास्थ्य स्वयमसेविकालाई प्रदान गर्दै आएका यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरेको छु ।’
अर्थमन्त्री वाग्लेले गरिव नागरिकको स्वास्थ्य उपचारमा गम्भिर भएर लाग्ने पनि बताएका छन् ।

