आगामी आर्थिक वर्षको बजेट पेश गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्नका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई स्वीकृति प्रदान गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्दै संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नका लागि अर्थमन्त्री वाग्लेलाई स्विकृति दिने निर्णय गरेको हो । बजेटमा संसदमा पेश गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरिएको नेपाल सरकार प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनले भने,‘आज बजेट भएको हुनाले एउटा मात्रै निर्णय आज छ । आज बजेट वक्तव्य संसदमा पेश गर्नका लागि स्विकृति भएको छ ।’

सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट प्रश्तुत गर्दै आएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार