रुखबाट लडेर शिक्षकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा रुखबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । अजयमेरु गाउँपालिका वडा नम्बर १ खतेडाका ३७ वर्षीय शिक्षक लक्ष्मी भण्डारीको मृत्यु भएको हो ।

आफ्नै घर नजिक डालेघाँसको रुखमा स्याउला काट्ने क्रममा रुखबाट खसेर घाइते भएकी उनलाई डडेल्धुरा अस्पतालामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

उनी घनघस्या माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका हुन ।

सम्बन्धित समाचार

ताजा समाचार