अमृत झा रिहाइ भएको भन्दै दिएको अभिव्यक्तिप्रति माफी परराष्ट्रले माग्यो माफी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहाइ भएको भन्दै दिएको अभिव्यक्तिप्रति माफी मागेको छ।

मन्त्रालयले इरानको स्थानीय अदालतमा झाविरुद्धको मुद्दा विचाराधीन रहेको र उनी रिहा भएको भन्दै यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक गरेको विज्ञप्तिप्रति माफी मागेको हो।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झाको रिहाइबारे जानकारी प्राप्त भएको र उनी रिहा भएको खबर पठाएको जनाएको छ।

त्यसैलाई आधार मानेर सम्बन्धित महाशाखा प्रमुखबाट परराष्ट्रमन्त्री खनाल र सचिव अमृतबहादुर राईलाई जानकारी गराइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले झाको परिवारलाई समेत उक्त जानकारी गराएको थियो।

सोही दिन मन्त्रालयले झा रिहा भएको अनौपचारिक जानकारी प्राप्त भएको भन्दै विज्ञप्ति जारी गरेको थियो। उक्त जानकारीकै आधारमा परराष्ट्रमन्त्रीले आफ्नो सामाजिक सञ्जालबाट पनि यो विषय सार्वजनिक गरेको मन्त्रालयको जिकिर छ। त्यसको एक महिनापछि मन्त्रालयले माफी मागेको हो।

झालाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पूरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई मन्त्रालयले लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार