काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । नेपाली टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका हुन् ।
घरेलु मैदान कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले आफ्नो नाममा विश्व कीर्तिमान रचे ।
सन्दीपले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा रहेको कीर्तिमान तोडेका हुन् । मिचेलले यसअघि सन २०१९ मा ७७ खेलमा एक सय विकेटको कीर्तिमान बनाएका थिए । सन्दीपले ७३ खेलमा एक सय ५० विकेट लिँदै स्टार्सको कीर्तिमान तोड्न सफल भए ।
सन्दीपले यसअघि नै एक दिवसीयमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान आफ्नो नाममा राखेका छन् । सन्दीपले एक दिवसीयमा व्यक्तिगत सर्वाधिक ६ विकेट भने सन् २०२१ को विश्वकप लिग–२ कै सिरिजमा पिएनजीविरुद्ध लिएका थिए ।

