प्युठान । प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा भ्यान चालक प्युठान नगरपालिका–४ बस्ने अन्दाजी २४ वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका–५ धुदी बस्ने अन्दाजी २६ वर्षीय अभिषेक कुँवर रहेका छन् ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

