एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले शनिबार सचिवालय बैठक बोलाएको छ । शनिबार बैठक बोलाइएको अध्यक्ष ओलीको सचिवालयले बताएको छ ।

सचिव भानुभक्त ढकालले बैठक बोलाइएको, तर कहाँ बस्ने भन्ने टुंगो नलागेको बताए । ओली पक्राउसँगै रामबहादुर थापा ‘बादल’ ले एमालेको कार्यवाहक सम्हालेका थिए । एमालेले चुनावको औपचारिक समीक्षा गरेको छैन । पहिले तल्ला कमिटीको समीक्षापछि केन्द्रले समीक्षा गर्ने बताइएको छ ।

पित्तथैलीको शल्यक्रियापछि आराम गरिरहेका ओली गुण्डुमै भेटघाटलगायतका गतिविधिमा व्यस्त रहे पनि पार्टीका औपचारिक कार्यक्रममा सक्रिय भएका छैनन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार