काठमाडौं । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा १० दिनपछि सुचारू भएको छ। वैशाख २१ गतेदेखि रोकिएको राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बुधबारदेखि पुनः सुरु भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।
विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नयाँ ईनरोल गर्दा आउने नम्बरलाई प्रणालीले भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएको थियो।

