प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका प्रकाश अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई सो पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा बुधबार जारी विज्ञप्ति अनुसार अधिकारीलाई सो जिम्मेवारी दिइएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार