हर्क साम्पाङको पार्टीले बहिष्कार गर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ।

प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रम माथिको छलफलको प्रस्ताव राख्न रोष्टममा डाकेपछि विपक्षी दलहरूले विरोध जनाएका हुन्।

प्रधानमन्त्री शाह आज संसदमा उपस्थित छैनन्। विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सबैले उठेर विरोध जनाएका थिए।

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले भने प्रधानमन्त्रीलाई असक्षम भन्दै राजीनामा माग गरेका हुन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार