कैलाली । कैलालीको गोदावरीमा दुई किशोरी मृत फेला परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर–५ स्थित गेटीमा १६ वर्षीय सृजना शाही र वडा नम्बर–८ स्थित स्याउलेमा १८ वर्षीय अस्मिता साउद मृत फेला परेका हुन् ।
दुवै जना आ–आफ्नो घरकै कोठमा झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
२०८२ मा एसइई दिएका उनीहरुको सोमबार मात्रै नतिजा सार्वजनिक भएको थियो । दुवैको एसईईको नतिजा भने सन्तोषजनक नरहेको देखिएको प्रहरीले जनाएको छ ।
मृतक शाही माउन्टसैपाल बोर्डिंग स्कुल र साउद समैजी मावि मजगाउँ बाट एसईईमा सहभागी भएका थिए । उनीहरुको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

