काठमाडौं । नेकपा (एमाले) को संसदीय दल उपनेतामा पद्माकुमारी अर्याल मनोनीत भएकी छन्।
प्रतिनिधि सभामा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले अर्याललाई उपनेता मनोनीत गरेका हुन्। एमाले संसदीय दलको विधानमा संसदीय दलका नेताले उपनेता चयन गर्ने व्यवस्था छ।
त्यही व्यवस्थाअनुसार, संसदीय दलका नेता बादलले अर्याललाई उपनेता मनोनीत गरेका हुन्। गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा अर्याल समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएकी हुन्। प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्।

