नेपालमा हुने भयो कार्बन प्राधिकरण गठन

काठमाडौं । नेपालमा कार्बन प्राधिकरण गठन हुने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् । उनले वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने पनि बताए ।

अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिने पनि राष्ट्रपति पौडेलले बताए । उनले । सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट अपेक्षित लाभ सुनिश्चित गरिने समेत बताएका छन् ।

राष्ट्रपति पौडेलले भने,‘नेपाल कार्वन प्राधिकरण गठन गरिनेछ । सामुदायिक वन समूहलाई कार्वन क्रेडिटबाट अपेक्षित लाभ सुनिश्चित गरिनेछ ।

नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार