एसईईको नतिजा आजै साँझ प्रकाशित गर्ने तयारी

काठमाडौं । एसईईको नतिजा सार्वजनिक गर्न प्राविधिक परीक्षण थालिएको छ । परीक्षण सफल भएमा आजै साँझ परीक्षाफल प्रकाशित गर्ने तयारी रहेको बोर्डको भनाइ छ ।

बोर्डका अनुसार प्राविधिक परीक्षण भइरहेको छ । कुनै समस्या नआए आजै साँझ नत्र भोलिसम्ममा नतिजा सार्वजनिक हुन्छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले फारम भरेका थिए ।

जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेको परीक्षा बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार