सुर्खेत । चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ परेकी छन् । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाहीलाई चेक अनादर मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।
दैलेख प्रहरीका अनुसार शाहीले दिएको ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उनलाई वैशाख २५ गते म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय दैलेखले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
शाही २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

