आफ्नो हक र अधिकारको माग गर्दै माईतीघरमा सुकुम्वासीहरूको प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सुकुम्वासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै विशेष ¥याली र प्रदर्शन गरेका हुन् । उनीहरूले काठमाडौंको माईतीघर मण्डला विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका र सरकारको डोजर आतङ्कको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठीबासको डर रहेको संकेत गरेका छन् ।

सुकुम्वासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने कार्यको भर्त्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन् । उनीहरूले समाजवादको नारा डोजरको साहारा, विकासको नाममा विस्थापन बन्द गर, उनीहरूले हिसाब सिक्दै छु ताकि हरेक अन्यायको हिसाब राख्न सकुँ, सुकुम्वासीको रगतले रङिएको हात कहाँ गएर धुन्छौ ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सुकुम्वासी जनता सडकमा बालेन चाहिँ महलमा जस्ता नारा लगाएका छन् । विकासको नाममा सुकुम्वासीहरूलाई कुनै विकल्प नदिई बलपूर्वक हटाउनु मानवीय संवेदना विरुद्ध भएको उनीहरूको तर्क छ ।

सम्बन्धित समाचार

ताजा समाचार