काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विरोध जनाएका छन् । वरीयता मिचेर प्रधान न्यायाधीश सिफारिस गरेको भन्दै उनले यो कदम सरकारको ठूलो असफलताको कारण हुने चेतावनी दिएका छन् ।
हर्कले प्रधानन्यायाधीश सिफारिसमा असन्तुष्टिबारे बिहान अहिलेसम्म २ वटा स्टाटस लेखिसकेका छन् ।
उनको पछिल्लो स्टाटस छ- वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण १ अध्यादेशको औचित्य पुष्टि गरेको यही होला ! चुपचाप घण्टी छापको करामत !
बिहान सवा ५ बजे हर्कले प्रधान न्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन भन्दै यही गर्नलाई संसद छलेर अध्यादेश ल्याको हो ? भनी सरकारलाई प्रश्न सोधेका छन् । वालेन्द्र सरकारलाई उनले ‘नीतिगत भ्रष्टाचारी सरकार !’ समेत भनेका छन् ।

