सुकुम्बासी बस्तीमा बस्दै आएका इन्द्रबहादुर मृत फेला

काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका इन्द्रबहादुर राई मृत फेला परेका छन् । शुक्रबार अपराह्न राईलाई बागमतीले बगाउँदै गरेको स्थानीयले देखेपछि नदीबाट बाहिर उतारेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार राई दुई-तीन दिनयतादेखि परिवारबाट टाढा थिए ।

एक्कासि शुक्रबार उनी बागमतीमा बग्दै गरेको अवस्थामा मृत फेला परेका हुन् । राईको शव उनकै श्रीमती सरिताले सनाखत गरेकी थिइन् ।

सरकारले बिहानैदेखि बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलाउँदै आएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार