विस्थापित सुकुम्बासीलाई पाँच स्थानमा अस्थायी बसोबासको तयारी

काठमाडौं । काठमाडौंका टेकु–वंशीघाट, बल्खु र शंखमूलबाट हटाइएका सुकुम्बासीलाई सरकारले अस्थायी रूपमा पाँच स्थानमा राख्ने तयारी गरेको छ।

विवरण संकलनपछि उनीहरूलाई धापाखेल (ललितपुर), खरिपाटी र बोडे (भक्तपुर), नगरकोट खानेपानी तालिम केन्द्र तथा बनेपा (काभ्रे) स्थित रेडक्रस भवनमा व्यवस्थापन गरिनेछ।

हालसम्म ७२ जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराइसकेका छन् भने थप सयौं व्यक्ति लाइनमा रहेका छन्। रंगशालामा विभिन्न सरकारी निकायको संयुक्त टोलीले विवरण संकलन, स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवा दिइरहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार