सरकारले जनविरोधी काम गरेको माधवकुमार नेपालको आरोप

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा शुक्रबार १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सरकारले सुकुम्बासी, मजदुर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत बेवास्ता गरिरहेको सहसंयोजक नेपालको भनाइ छ।

उनले सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको जिकिर समेत गरे । उनले सरकारलाई गलत बाटोमा जान नदिने सावधान गराउनुपर्ने अवस्था आएको समेत बताएका छन् । सहसंयोजक नेपालले सरकारले जनतालाई पीडा र यातना दिने काम गर्न नमिल्ने पनि बताए ।

सहसंयोजक नेपालले सरकारको गलत कामको विरोध गर्न पनि पार्टीमा आवद्ध मजुदुर नेताहरुलाई निर्देशन दिए । उनले सरकारका कदम जायज र उचित नभएकाले त्यसको विरोध गर्नुपर्ने अवस्था आएको दावी समेत गरे ।

सम्बन्धित समाचार

ताजा समाचार