बढ्यो एलपी ग्यासको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ भने एलपी ग्यासको मूल्य बढाएको छ ।

निगमले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले मुल्य कटौती गरेको हो ।

नयाँ मूल्य अनुसार अब पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छ । हवाई इन्धनतर्फ प्रति लिटर ७ रुपैयाँले वृद्धि हुँदा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ४६ बढाइएको छ भने एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले बढेको छ ।

समायोजन पछि अब पुरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार