दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको मृत्यु

हेटौडाबाट काठमाडौं आउँदै गरेको कार दक्षिणकालीमा दुर्घटनामा परेको छ । दक्षिणकाली नगरपालिका- ९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । बीएबी ५२८१ नम्बरको कार दुर्घटना हुँदा ३४ वर्षीय सुरज खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर खसेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार