कांग्रेसको विशेष महाधिवेशन बाध्यात्मक परिस्थितिमा भएको गगन थापाको लिखित जवाफ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै विशेष महाधिवेशनलाई बाध्यात्मक परिस्थिति भएको जवाफ अदालतमा दिएका छन् । साथै उनले पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले पदीय हैसियत देखाएर रिट हाल्ने हकदैया नभएकाले रिट खारेज योग्य भएको दाबी गरेका छन् ।

केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विधानको व्यवस्था बमोजिम विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था अनुसार भव्यताका साथ सम्पन्न भएको लिखित जवाफमा उल्लेख छ ।

विशेष केन्द्रीय महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूले २०८२ पुस २६, २७ र २८ मा विधिवत् रूपमा सम्पन्न हुने पूर्व जानकारी गराउँदै तत्कालीन सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय कार्यसमितिलाई महाधिवेशनका लागि निर्देशन दिन निर्वाचन आयोगमा निवेदन पेस गरिएको पनि जवाफमा उल्लेख छ ।

सम्बन्धित समाचार

ताजा समाचार