चुनाव बिथोल्ने गतिविधि भए गोली प्रहार सम्म हुन सक्ने

सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले निर्वाचन गतिविधि गर्ने व्यक्तिलाई कानुनी कारबाही गरिने बताएका छन्। मतपत्र च्यात्ने, खोस्ने, मतपेटीका खोस्नेलगायतका गतिविधि गर्ने व्यक्तिविरुद्ध कडा बल प्रयोग हुने उनले जानकारी गराएका छन्। उनका अनुसार निर्वाचन आचारसंहिताविपरीत काम गर्नेहरू कानुनी कारबाहीमा पर्नेछन्।

‘निर्वाचन हातमा लिने, धम्क्याउने, आफ्नो पक्षमा पार्न उत्तेजित बनाउने गतिविधिहरू गरेको अवस्थामा कानुनले दिएको अधिकार प्रयोग गर्दै बल प्रयोग हुन्छ,’ आईजीपी कार्कीले भने,‘ नेपाल प्रहरी निर्वाचन स्थलको क्लोज क्षेत्रमा  छ। शंकास्पद गतिविधि भएमा, बुथ कब्जा भयो भन्ने लागेमा उक्त बुथमा निर्वाचन रोकिनेछ। केन्द्रीय सुरक्षा योजनाअन्तर्गत नै ४ वटै सुरक्षाकर्मी खटिएका छन्।’ आवश्यक पर्दा एक अर्को संगठनलाई सघाउने गरी सबै सुरक्षाकर्मी स्टान्डवाई अवस्थामा रहेको आईजीपी कार्कीले बताए।

सम्बन्धित समाचार

ताजा समाचार