अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको आणविक वार्ताको नतिजा अबको १० दिनभित्रमा तय हुने बताएका छन्। मध्यपूर्वमा उच्च तनाव र अमेरिकी सेनाको बढ्दो जमघटका बीच यो टिप्पणी आएको हो । ट्रम्पले वाशिङ्टन डीसीमा बोर्ड अफ पिसको उद्घाटन बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। स्थानीय विश्लेषकहरूका अनुसार ट्रम्पले यो अवधिभित्र इरानमाथि सम्भावित अमेरिकी हमला हुनसक्ने संकेत गरेका छन्। वर्षौंदेखि इरानसँग अर्थपूर्ण सम्झौता गर्न सजिलो भएको छैन । अमेरिकाले ले अर्थपूर्ण सम्झौता गर्नैपर्ने नत्र नराम्रा कुराहरू हुने उनको चेतावनी छ । यो घटनाक्रमले मध्यपूर्वमा तनाव थप बढाएको छ । जसमा अमेरिकाले दोस्रो विमानवाहक समूह पनि क्षेत्रमा पठाइरहेको छ । इरान आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी छ। तर दुवै पक्षबीच ठूलो खाडल रहेको बताइएको छ ।

