आज नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।

पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका लागि नयाँ सत्ता समीकरण आवश्यक परेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखिएको विषय घोषणापत्रमा समावेश गरिएको नेताहरूले बताएका छन् । आजै एमालेको सचिवालय बैठक पनि बस्ने भएको छ। सबै पदाधिकारी काठमाडौँमै भएकोले आज अनौपचारिकरूपमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख शाहीले बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार