खोटाङमा बिहे भोज खाँदा एक सय बढी बिरामी

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ खोटाड.मा बिहेको भोज खाँदा करिब एक सय बढी बिरामी परेका छन् । गत माघ २१ गते बिहेको भोज खाँदा २२ गतेदेखि बिरामी परेका हुन् ।स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलका अनुसार फुडपोइजनका कारण उनीहरू बिरामी परेका हुन् ।

‘उहाँहरूलाई फुडपोइजन देखिएको छ’–पौडेलले भने–‘उपचार जारी छ ।’उनीहरूलाई शनिबारसम्म विभिन्न तीन ठाउँमा राखेर उपचार गरिएको र बिरामी घट्न थालेपछि आइतबार बिहानैदेखि उक्त वडाको निगालबास भन्ज्याङमा राखेर उपचार गरिरहेको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताएका छन् । ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको छ । उनीहरूलाई भोज खाएको १२ घण्टापछि उक्त लक्षण देखिएको हो ।

बेहुला–बेहुली सहित बिरामी परेका हुन् ।बिरामीको उपचारमा गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएका छन् । बिरामीको संख्या बढेपछि स्वास्थ्य कार्यालयको जनशक्ति बोलाएर उपचार भइरहेको छ ।उक्त बिहेको भोज खाएका स्थानीय सहित उदयपुर, काठमाडौं लगायतका पाहुनासमेत बिरामी परेको खड्काले जनाएका छन्  ।

सम्बन्धित समाचार

ताजा समाचार