कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीय बालिकाको मृत्यु

कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणमा परी एक नाबालिकाको मृत्यु भएको छ भने एक वृद्धा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, लालझाडी गाउँपालिका वडा नं। ६ ढक्का चानदेवस्थित किसन सिंह साउदको घरमा आइतबार बिहान करिब साढे २ बजे जङ्गली हात्तीले आक्रमण गरेको थियो ।टनाबारे बिहान साढे ३० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुरबाट प्रहरी टोली खटिएको थियो । घाइतेहरूलाई तत्काल उद्धार गरी आर।एम। अस्पताल झलारीमा सामान्य उपचार गरिएको थियो ।

तर, दुवैको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढी रिफर गरिएको थियो ।धनगढीस्थित नवजीवन अस्पतालमा उपचारकै क्रममा आज बिहान ६ बजेर १५ मिनेटमा ६ वर्षीय बालिका रोजिना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् । घाइते हजुरआमा पार्वती साउदको उपचार भइरहेको छ ।हात्तीले घरमा आक्रमण गर्न थालेपछि ज्यान जोगाउन घरबाट भाग्ने क्रममा किसन सिंहकी ५५ वर्षीय आमा पार्वती साउद र ६ वर्षीय छोरी रोजिना साउद माथि हात्तीले आक्रमण गरेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार