बर्दियामा बालेनले गरे मन्दिर दर्शन र पार्टी कार्यालय उद्घाटन

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह सोमबारदेखि पश्चिम तराईमा छन् । झापा–५ मा मनोनयन दर्ता गरेपछि पूर्वी पहाडको भ्रमण सकेर फर्केका उनी सोमबार सुदूरपश्चिम जान काठमाडौंबाट हिँडेका थिए।बालेन आज दिउँसो मात्रै सुदूरपश्चिम पुग्ने कार्यक्रम छ ।

त्यसअघि उनी बाँके र बर्दियाका केही कार्यक्रममा सहभागी हुने र समर्थकसम्म पुग्ने गरिरहेका छन्। यसैबिचमा आज बिहान उनले बर्दिया–२ मा राजापुरस्थित खोलिएको रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। यस्तै उनले बर्दियाको प्रसिद्ध ठाकुरबाबा मन्दिरको पनि दर्शन गरेका गरेका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार