लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • लुम्बिनी प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकका मुख्य चार सम्भावित कार्यसूची छन्। बैठकमा प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलराम घर्ती मगरले सभालाई गराउने कार्यसूची छ। यसबीचमा फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दिनुपूर्व चार जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन्।
  • २०७९ को निर्वाचनमा तत्कालीन नेकपा ९माओवादी केन्द्र बाट दाङको निर्वाचन क्षेत्र नं। ३ बाट निर्वाचित धनबहादुर मास्की र बाँके १  बाट निर्वाचित कृष्णा केसी, साबिक नागरिक उन्मुक्ति पार्टीको तर्फ बाट बर्दियाको १ बाट निर्वाचित धर्मबहादुर चौधरी र रूपन्देहीको ४ मा लोकतान्त्रिक समाजवादीबाट निर्वाचित कह्नैया बानियाले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ।बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची पनि तय गरिएको  । त्यस्तै जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने सूची छ ।

सम्बन्धित समाचार

ताजा समाचार