तनहुँ–१ मा दीपकराज जोशीको स्वतन्त्र उम्मेदवारी

तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

जोशीले यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेसँग राजित भएका थिए । यहाँ रास्वपाले स्वर्णीम  वाग्ले र काँग्रेसका गोविन्द भट्टराईलाई दोहोर्याइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार