झापामा ओली र बालेन कार्यकर्ताबीच झडप

झापाको दमकको गोलचोक क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच आमनेसामने झडप भएपछि क्षेत्र तनावग्रस्त बनेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको दिन एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह एउटै क्षेत्रमा उम्मेदवार बनेसँगै राजनीतिक प्रतिस्पर्धा सडकसम्म पुगेको हो।

बालेन उम्मेदवारी दर्ता गर्न जाँदा रास्वपाका समर्थक ठूलो संख्यामा उपस्थित थिए भने केही बेरमै उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका ओलीका समर्थक पनि व्यापक रूपमा जम्मा भएपछि स्थिति चर्किएको बताइएको छ।

दुवै दलका कार्यकर्ता आमनेसामने भएपछि झण्डा छोइएको विषयबाट सुरू भएको विवाद क्षणभरमै झडपमा परिणत भयो। घटना सार्वजनिक हुनासाथ प्रशासन हाई अलर्टमा पुगेको छ।

इलाका प्रहरी कार्यालय दमकले अवस्था नियन्त्रणमा रहेको दाबी गरे पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै दमक चोकदेखि निर्वाचन अधिकृतको कार्यालय वरपर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार