मनोनयन दर्ताका लागी झापा पुगे बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो उम्मेदवारी दर्ता गराउनका लागि झापा–५ पुगेका छन् । उनले मंगलबार बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ । उक्त क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार छन् ।

ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । ओलीले सोमबार नै झापा पुगेका थिए भने बालेनचाहिँ जनकपुरको कार्यक्रम सकेर मंगलबार मात्रै झापा पुगेको बताइएको छ । बालेनले सामाजिक सञ्जालमा मंगलबार बिहान आफू झापा ५ पुगेको जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार