पूर्वमुख्यमन्त्री सिंहले त्यागे सांसद पद

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले जनमत पार्टीको साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गरिसकेका छन् । सोही पार्टीबाट उनी संघीय चुनाव लड्ने तयारीमा छन् ।

२०७९ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ -क बाट जनमत पार्टीका तर्फबाट निर्वाचित सिंह अर्थ समितिका सभापति हुँदै मुख्यमन्त्री बनेका थिए । पार्टीभित्र देखिएको लामो विवादपछि उनी जनमतबाट अलगिएका हुन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार