काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ ।
‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’ उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।

