काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा शुरु हुने बताए । त्यसको व्यवस्थाबारे अहिले तयारी भइरहेको बताए । पार्टीका सभापति रवि लामिछाने र पार्टीका नेता बालेन्द्र साहले उक्त सभालाई सम्बोधन गर्ने जानकारी दिए ।
उनले भने, ‘माघ ५ गते जनकपुरमा सभा आयोजना गर्ने घोषण गरेका छौँ । व्यवस्थापनबारे पनि तयारी भइरहेको छ । यस पटक पार्टीका सभापति रवि लामिछाने र आगामी निर्वाचनबाट भावि प्रधानमन्त्रीको रुपमा अघि बढाएर जाने प्रश्ताव राखेका बालेन्द्र साहज्यु सम्मिलत पहिलो पटक राजनीतिक सभा हुँदैछ ।’
रास्वपाले बालेन्द्र साहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री बनाउने प्रश्तावसहित निर्वाचनमा जाने निर्णय गरिसकेको छ ।

