काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रका शर्माले काँग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताएका छन् ।
बिहीवार सञ्चारकर्मीहरुसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । नेपाली काँग्रेसको विशेष महाधिवशेन सफल भएको उनको दाबी छ । विशेष महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरु निर्वाचन आयोग गएको बताए।
उनले भने, ‘नेपाली काँग्रेस पार्टीको विशेष महाधिवेशन सफल भएको छ । यसले देशको लागि जुन दृष्टिकोण पारित गरेको छ, सँगैमा नेतृत्व पनि परिवर्तन गरिसकेको छ । यसबारेमा निर्वाचन आयोगलाई अद्यावधिक गराउन जानकारी गराएका छौँ । काँग्रेसले नै विशेष महाधिवेशन गरेर नेतृत्व चयन गर्दा पार्टी फुट्दैन ।’
उपसभापति शर्माले विशेष महाधिवेशनको म्याण्डेटबारे आयोगमा अद्यावधिक गर्न आयोगलाई जानकारी गराइएको बताएका छन् ।

