निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताएका छन् ।
ठूल्ठूला सभा गर्ने पूराना प्रचलन भईसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका हुन् । सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आर्कर्षित गराउनका लागि सुचना प्रविधिको प्रयोगमा पनि जोड दिने नीति पार्टीले लिने बताए ।
संयोजक दाहालले विगतमा गरेर गल्ती नदोहो¥याउने बाचासहित पार्टीको निर्वाचन प्रचारमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । त्यस अवसरमा उनले काठमाडौं उपत्यकाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी समेत गरेका छन् ।
उनले भने, ‘अब हामी अहिलेको जमाना अनुसार चुनाव आउँदैछ, ठूल्ठूला सभा गर्नेतिर भन्दा अब घरघर, टोलटोलमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर हाम्रा संकल्पहरु हाम्रा एजेण्डाहरु उनीहरुलाई बुझाउने कुरा महत्वपूर्ण छ । ठूला सभा गरेर भोट धेरै आउने भन्ने जमाना धेरै पुराना भइसक्यो अब । हामीले सात वटै प्रदेशमा अपिल त गरिसक्यौ । अव जनताको घरघरमा गएर टोलटोलमा गएर उनीहरुलाई हाम्रा एजेण्डा यी हुन, हामी पुराना गल्तीबाट सिकेर नदोहो¥याउने गरी चाहेका छौँ । र यो देशको नेतृत्व लिन चाहेका छौँ भनेर जनतालाई बुझाउन जरुरी छ ।’
संयोजक दाहालले काठमाडौंको समस्या बुझेका सायमीलगायतका नेताहरु आफ्नो पार्टीमा आएकाले पनि काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजयी  हुने अवस्था आएको तर्क समेत गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार