सभापति घोषणाको मागसहित बन्दसत्रमा चर्कियो असन्तोष

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको भृकुटीमण्डपमा बन्दसत्रको माहोल अचानक तातिएको छ । मधेश प्रदेशबाट आएका प्रतिनिधिहरूले केन्द्रीय नेतृत्वको ढाँचामाथि प्रश्न उठाउँदै नाराबाजी सुरु गरेका छन् ।

‘केन्द्रीय कार्यसमिति भंग गर, नयाँ नेतृत्व चयन गर’ जस्ता नाराले बन्दसत्र हल गुञ्जायमान बनेको थियो । बिहान संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच सहमति खोज्न वार्ता भए पनि ठोस निष्कर्ष ननिस्कँदा असन्तोष थप चुलिएको देखिन्छ ।

वार्ता विफल भएपछि मधेश प्रदेशका प्रतिनिधिहरूले महामन्त्री गगन थापालाई तत्काल सभापति घोषणा गर्नुपर्ने मागसहित बन्दसत्रभित्रै विरोध जनाएका हुन् । उनीहरूको नाराबाजीले महाधिवेशनमा सहमति र एकताको प्रयास अझै कठिन बन्दै गएको संकेत दिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार