काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन माघ ४ गते बोलाउने निर्णय गरेको हो।
‘२०८२ साल माघ ४ गते आइतबारको दिन विहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका संचार मन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।

