मेयर बालेनको नयाँ राजनीतिक कदम, माघ ५ गते राजीनामा दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने उद्देश्यसहित उनले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।

बालेनको सचिवालय नजिकका एक सदस्यका अनुसार राजीनामा दिने निर्णय लगभग टुंगिएको छ । “माघ ५ गते नै राजीनामा सार्वजनिक हुन्छ,” ती सदस्यले बताए ।

राजीनामापछि बालेन चुनावी तयारीका लागि झापा जाने योजना बनाएका छन् । उनी झापा–५ बाट निर्वाचन लड्ने सम्भावनाबारे छलफलमा रहेको र यस विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत संवाद भइरहेको बताइएको छ ।

स्थानीय तहमा फरक शैलीको नेतृत्वमार्फत चर्चामा आएका बालेनको यो कदमले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने आँकलन गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार