ललितपुरमा वृद्धको शव इनारमा फालिएको अवस्थामा फेला

काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्ध गर्जमान थापाको हत्या भएको पुष्टि भएको छ। इलाम घर भई ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका थापा शुक्रबारदेखि बेपत्ता थिए।

प्रहरीका अनुसार सोमबार किस्ट अस्पताल नजिकैको इनारमा बोराभित्र राखिएको अवस्थामा उनको शव फेला परेको हो। शव भेटिएसँगै प्रहरीले घटनालाई हत्या मानेर अनुसन्धान तीव्र बनाएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार