खड्काको निवास क्षेत्रमा कडा सुरक्षा व्यवस्था

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। बुढानीलकण्ठ नगरपालिका–७, हात्तिगौंडास्थित निवास क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सञ्चालन भइरहेकै बेला सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वसावधानीस्वरूप सुरक्षा बढाइएको प्रहरीको भनाइ छ। आज विशेष महाधिवेशनको बन्दसत्र सुरु हुँदैछ र बहुमत प्रतिनिधि सहभागी छन्।

खड्काको सुरक्षाका लागि सचेतना अपनाइएको बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार