निर्वाचनमा होमिन संकोच मान्नुपर्ने अवस्था छैनः प्रवक्ता नारायणप्रसाद भट्टराई

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रवार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जिकिर गरेका हुन् । उनले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दों र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको समेत बताए । सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको प्रवक्ता भट्टराईको भनाई थियो ।

उनले भने,‘सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने अथवा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था छैन । सुरक्षा निकायको नेतृत्वमा सम्बन्धित मन्त्रालयको नेतृत्वमा र आयोगको सहजीकरणमा निर्वाचनको लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउनका लागि कार्य भईरहेको कुरा म यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’

प्रवक्ता भट्टराईले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरी अघि बढने समेत बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार